काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएकाे छ। महानगर र उपमहानगर प्रमुख एवं उपप्रमुखको उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्नेछ।
शुक्रबार बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सात वटै प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने सहितका ६ निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।