काठमाडौं– आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि बी डिभिजनबाट ११ क्लबले मताधिकार लिएका छन्।
शुक्रबार एन्फा हेडक्वाटर सातदोबाटोमा भएको निर्वाचनमा ११ क्लबले मताधिकार प्राप्त गरेका हुन्। प्रतिनिधि छनोट निर्वाचनमा बी डिभिजनमा १४ क्लब सहभागी थिए।
बी डिभिजनबाट श्री भगवती, न्यूरोड टिम (आरसीटी), मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, ब्वाइज युनियन, चर्च ब्वाइजले मताधिकार प्राप्त गरेका छन्
यता, सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज युनाइटेड क्लबले भने मताधिकार प्राप्त गर्न सकेनन्। सी डिभिजनबाट १० क्लबको प्रतिनिधि छनोट भइसकेका छन्। एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।