काठमाडौं–नेपाली कांग्रेसले सात वटै प्रदेश र ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ। शुक्रबार बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले काम, कर्तव्य र अधिकारसमेत तोकी केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको हो।
पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश कार्यसमितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रतिनिधि खटाउन निर्देश पनि गरेको छ। बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरि गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय हुन निर्देशन दिने निर्णय गरेको छ।
त्यस्तै बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ अनुमोदन गर्नुका साथै समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति पनि गठन गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।