• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

६ वटै महानगरका लागि एमालेका उम्मेदवार सिफारिस, ३ मा मात्रै सर्वसम्मत

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  १८:०१
1140x725

काठमाडौं– नेकपा एमालेका स्थानीय कमिटीले ६ वटै महानगरमा मेयर उम्मेदवार सिफारिस गरेका छन्। तीन महानगर कमिटी सर्वसम्मत उम्मेदवार छान्न सफल भएका छन्। ललितपुर महनागरमा हरिकृष्ण ब्यन्जनकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगी सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका हुन्। 

सबैभन्दा धेरै पोखरा महानगरपालिकको मेयरका लागि १२ जना सिफारिस छन्। सर्वसम्मत रुपमा टुंगिन नसकेपछि स्थानीय कमिटीले मतदान गर्ने तयारी गरेको थियो । त्यसले समस्या निम्तिने भएपछि केन्द्रले छान्नेगरी सिफारिस  गरिएको हो।

विराटनगरमा पाँच आंकाक्षी
प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरको मेयरका लागि एमाले महानगर कमिटीले ५ जनाको नाम सिफारिस गरेको छ। केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्यद्वय पर्शुराम नामले चिनिने कृष्ण बस्नेत र महेश भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नाम सिफारिस भएको हो।

महानगर उपप्रमुखमा प्रदेश कमिटी सदस्य विमला घिमिरे दाहाल, जिल्ला सदस्य अन्जु उपाध्यय र महानगर कमिटी उपाध्यक्ष शिल्पा कार्की सिफारिस भएका छन्। 

ललितपुरमा ब्यन्जनकार
ललितपुर महनगरमा एमालेले २०७४ सालको निर्वाचनमा थोरै मतले पराजित भएका हरिकृष्ण ब्यन्जनकारलाई फेरि उम्मेदवार बनाउने भएको छ।  उपमेयरमा भने दुई जनाको नाम सिफारिस भएको छ। 
उपमेयरमा मञ्जरी शाक्य आस्था  र सरस्वती खड्काको नाम सिफारिस भएको ललितपुर एमालेले जनाएको छ। गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु  मर्हजनले ३२९ मतले व्यञ्जनकारलाई पराजित गरेका थिए। 

काठमाडौं शाक्यसहित पाँच
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारका लागि ९ जना आकांक्षीहरुको नाम सिफारिस भएको छ। 

मेयरका लागि काठमाडौंका हालका मेयर विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस भएको छ। मेयरका लागि शाक्यसहित केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस भएको हो। 

यस्तै, उपमेयरका लागि रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस भएको हो। 

Ncell 2
Ncell 2

भरतपुरमा विजय सुवेदी
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मतबाट निर्णय गरेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीसमेत सहभागी नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

सुवेदी २०७४ को प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका थिए। तीन कार्यकाल नेकपा एमाले चितवनको जिल्ला नेतृत्व हाँकिसकेका सुवेदी अहिले पार्टीको बागमती प्रदेश कमिटी सचिव छन्। उपमेयरको टुंगो भने अझै लगाइएको छैन। 

वीरगञ्जमा आगन्तुक सरावगीलाई स्वागत
नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयर उम्मेदवारमा विजयकुमार सराबगी सिफारिस भएका छन्। एमालेको वीरगञ्ज महानगर कमिटीको बुधबारको बैठकले उनलाई स्थानीय तहको निर्वाचनमा एमालेले मेयर उम्मेदवारका लागि सिफारिस गरेको हो।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित उनी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए।

गत निर्वाचनमा उक्त महानगरमा कमजोर देखिएको एमालेले उनलाई मेयरको उम्मेदवार बनाउनकै लागि पार्टीमा स्वागत गरेको थियो। उपमेयरको भने टुंगो लागेको छैन। 

पोखरामा आकांक्षीको लर्को
२०७४ को निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा समेत फराकिलो अन्तरले चुनाव जितेको एमालेलाई यसपल्ट मेयरको उम्मेदवार छनोटमा सकस भएको छ। महानगरमध्ये एमालेले जीत हासिल गर्न सबैभन्दा बढी सम्भावना रहेको पोखरा महानगरको मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जना दाबेदार छन्। 

मेयरको उम्मेदवारमा केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्णबहादुर थापा, राजीव पहारी, केन्द्रीय सदस्य मिना गुरूङ, भीम कार्की, व्यवसायी पुष्पज्योति ढुङ्गाना, पुष्पराज अधिकारी, प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, दीपक पौडेल, दर्शन लामा, बालकृष्ण काउछा मगर र सावित्री भण्डारीले दाबी गरेका छन्। 

यस्तै, उपमेयरमा तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, बलराम गायक गन्धर्व, हरिमाया गुरुङ, बैनबहादुर क्षेत्री, जीवन प्रसाद आचार्य, टिकाराम पंगेनी, बामदेव ढु्ंगाना, शोभामोहन पौडेल, देवका पहारी त्रिपाठी र सुष्मा पौडेलको दाबी छ। 

सुरुमा मेयर र उपमेयरका आकांक्षीबीच निर्वाचन गराएर उम्मेदवार टुंगो लगाउने तयारी थियो। तर, मतदान हुँदा झन् समस्या चर्किने भएपछि सबै आकांक्षीको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको हो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब पालो ‘गगन-विश्व युगको’ भन्दै भृकुटीमण्डप पुग्दै र्‍याली
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन्
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
अब पालो ‘गगन-विश्व युगको’ भन्दै भृकुटीमण्डप पुग्दै र्‍याली आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उनेपाको अध्यक्ष शनिबार, पुस २६, २०८२
रास्वपा सचिवालयमा रविको ब्रिफिङ : कुलमानले दिनदिनै माग फेर्न थालेपछि आ-आफ्नो बाटो लागौँ भनेँ शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्