काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब बर्नलेले मुख्य प्रशिक्षक सिन डेचीलाई बर्खास्त गरेको छ। लगातारको खराव प्रदर्शनसँगै टोली रेलिगेसन जोनमा रहेको बेला क्बलले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो।
क्लबले आफ्नो आधिकारिक वेवसाइटमा उनलाई बर्खास्त गरेको जानकारी दिएको छ। उनी झन्डै १० वर्षदेखि बर्नलेलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
क्लबले एक दशक गरेको सहयोगलाई उनलाई धन्यवादसमेत दिएको छ। उनी सन् २०१२ देखि बर्नलेको प्रशिक्षक बनेका थिए। त्यो बेला बर्नले पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको थियो।
यो सिजन बर्नले खराब लयमा छ। उसले ३० खेल खेल्दा मात्रै ४ खेलमा जित निकालेको छ। यस्तै, १२ खेल बराबरी खेल्दा १४ खेलमा हार व्यहोरेको छ।
सिनको बर्खास्तीसँगै सहायक प्रशिक्षक इयान ओन, स्टिभ स्टोन र गोलकिपर प्रशिक्षक बेली मेरसेरले पनि क्लब छोडेका छन्। उनको प्रशिक्षणमा बर्नलेले सन् २०१८ मा युरोपा लिग खेलेको थियो। जुन क्लबको ५१ वर्षको इतिहासमा पहिलो युरो पियन प्रतियोगिता रहेको थियो। प्रिमियर लिगमा उनको प्रशिक्षणमा बर्नलीको ठूलो सफलता सातौं स्थान थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।