संखुवासभा- संखुवासभामा गठबन्धनका विषयमा बसेको पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएको छ। बैठकपछि नेपाली कांग्रेसले भने माओवादी केन्द्रसँग गठबन्धन गर्ने सम्भावना सकिएको बताएको छ।
संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले माओवादीले केन्द्रले स्थानीय तह निर्वाचनमा बढी दाबी गरेपछि गठबन्धन गर्ने सहमति हुन नसकेको बताए। अन्य पार्टीसँग भने छलफल जारी रहेको उनको भनाइ छ।
उनले भने, 'माओवादी केन्द्रले कांग्रेसले जितेको पालिकामा पनि दाबी गर्यो। माओवादी केन्द्रको मतभार भन्दै धेरैमा दाबी गरेपछि हामी गठबन्धन नै नगर्ने निष्कर्षमा पुगेका छौं। अब माओवादी बाहेका दलसँग मात्रै छलफल हुन्छ।'
उनले सत्तागठबन्धन भित्रका अन्य दलसँग मात्रै तालमेल हुने बताए। प्रतिपक्ष एमालेसँग गठबन्धन गर्ने सम्भावना नरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।