नवलपुर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको प्रगतिलाई रोक्ने छेक्ने शक्ति असफल हुने भन्दै कुनै शक्तिले तेस्तो सपना देखेको छ भने त्यो दिवास्वप्न हुने बताएका छन्।
शुक्रबा नवलपुरको देवचुली प्रगतिनगरमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपालको मार्गचित्र नै सही र मुलुकको हितमा भएको दाबी गरे।
राप्रपा नेपाल युबाहरुको निमित्त खडा भएको पार्टी भन्दै कोही युवाको भविष्य बरबाद नहुने गरि आफूले राजनीतिक अजेण्डा बोकेको स्पष्ट पारे।
राप्रपा नेपालमा लाग्दा कसैले पश्चाताप गर्नु नपर्ने भन्दै थापाले मुलुकलाई दूराअबस्थामा पुर्याउने भ्रष्टाचार , बेरोजगारी ,धर्मपरिवर्तन र कुशासनको विरुद्धमा युवाहरुले आवाज बुलन्द पार्नुपर्ने बताए।
नियोजित र प्रायोजित रुपमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भैरहेको भन्दै थापाले सबै षड्यन्त्रलाई चिरेर अघि बढ्ने दृढता र साहस आफूसँग भएको बताए।
कार्यक्रममा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पार्टी नेतृत्व माथिको घेराबन्दी र षड्यन्त्रको भन्डाफोर गरिने बताए। कार्यक्रममा नेताहरु नगेन्द्र देउजा,लोकनाथ लामिछाने कृश्न घिमिरे , विशाल शर्मा लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।