लमजुङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जमाना नभएको बताएका छन्। लमजुङको घलेगाउँ पुगेका उनले एमाले चाँडै सत्तामा फर्किने दाबी गरे। उनले एमाले एकछिनका लागि मात्रै प्रतिपक्षमा रहेको दाबी गरे।
एमाले जस्तो पार्टी प्रतिपक्षमा बस्न जमाना समेत नभएको ओलीले टिप्पणी गरे।
उनले भने, 'एमाले एकछिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन।'
आफूहरुलाई जालझेल गरेर प्रतिपक्षमा पुर्याएइएकाले सत्तामा फर्किन जनताका साथका लागि ओलीले अपिल गरे। एमालेले जनताको चाहना बुझेको बताउँदै त्यसका लागि अग्रसर रहेको ओलीको भनाइ छ।
ओलीले भने, 'जनताको समृद्धिको चाहना बुझेको छ। त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ। समृद्धिका लागि बाटाघाटा, विद्यालय, खानेपानी, अस्पताल हुनुपर्छ त्यो एमालेले बुझेको छ।’
आजकल भोट के मा? भनेर जनतालाई सोध्दा उनीहरुले सूर्यतिर औंला सोझ्याउने गरेको पनि ओलीले दाबी गरे। ओलीले घलेगाउँलाई 'स्मार्ट भिलेज' बनाउका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बाजागाजाका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।