काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्।
घोषणापत्रमा डंगोलले काठमाडौं महानगरलाई साँस्कृतिक शहर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उनले आफ्नो चुनावी घोषणापत्रका केही योजना पनि अघि सारेकी छन्।
उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना आफ्नो घोषणापत्रमा राखेकी छन्।
डंगोलले काठमाडौंको विकासका लागि 'आठ खम्बे' मोडल अगाडि सारेकी छन्। जसमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्टलाई समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।