काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेका छन्। गृहमन्त्री खाणलाई भेट्न प्रकाण्ड शुक्रबार गृह मन्त्रालय पुगेका थिए।
भेटका क्रममा दुई नेताबीच स्थानीय तहको विप्लव नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने विषयमा छलफल भएको हो। गृहमन्त्रीसँग खाणसँगको छलफलमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए।
निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग अगाडि सारेको छ।
मुद्दा फिर्ता र कार्यकर्ता रिहाइको विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुबै पक्षको भनाइ छ।
गृह मन्त्रालयले 'कानुन बमोजिम फिर्ता लिन मिल्ने' मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरिएको जनाएको छ।
शुक्रबार प्रकाण्डसँगको छलफलमा गृहमन्त्री खाणले पनि कानुनअनरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।