काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कसैको पनि भूराजनीतिक खेलको रणमैदान हुन नसक्ने टिप्पणी गरेकी छन्। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले नेपाल र चीनबीचको सम्बन्ध असल छिमेकीको रहेको भन्दै यस्तो टिप्पणी गरेकी हुन्।
उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने बगैंचा’ हुनुपर्ने बताइन्। तर नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नसक्ने उनको तर्क छ। एनले हालैमात्र पारित भएको अमेरिकन विकास परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसीसी ) र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई समेत संकेत गर्दै यस्तो टिप्पणी गरेको देखिन्छ।
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले नेपाल चीनको असल छिमेकी र मित्र रहेको यो सधै रहिरहने बताएकी छन्।
दुई देशले सधैं एक–अर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने गर्ने पनि उनले बताइन्। दुवै देशले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेका छैनन्,’ उनले भनेकी छन्। उनले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणले नेपाल चीनका लागि कति महत्वपूर्ण छिमेकी हो भन्ने पनि दर्साएको राजदूत यान्छीले बताएकी छन्।
नेपालले आफ्नो आवश्यकता अनुसार तय गरेको विकासमार्गमा चीनको सदैव साथ र समर्थन रहने उनको भनाई छ। साथै नेपालको आन्तरिक र बाह्य परराष्ट्र नीतिलाई चीनले समर्थन गर्ने र नेपालको बीआरआईमा सामेल हुने निर्णयलाई चीनको समर्थन रहेको परराष्ट्रमन्त्री वाङ यीले सन्देश दिएको उनले बताइन्। उनले रेल र अन्य भाौतिक पुर्वाधार निर्माणको कुरामा चीन सदैव नेपालको साथमा रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।