काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान पुनर्निर्माण गर्ने भएको छ। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड ७४ हजार दर्शक क्षमताको बनाउने गरि पुनर्निर्माण गर्न लागेको हो।
रंगशाला पुनर्निर्माणका लागि युनाइटेडले टोटनहमको रंगशाला बनाएको आर्किटेक्टलाई नियुक्त गरेको छ।
रंगशालाको दर्शक क्षमता वृद्धि गर्नका लागि आर्किटेक्ट फर्म पपुलस र म्यानेजमेन्ट कन्सल्ट्यान्ट लिजेन्ड्स इन्टरनेसनलले सँगै काम बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन्।
दुवै कम्पनीले टोटनहमको रंगशाला पुनर्निर्माणमा पनि काम गरेका थिए। सन् २०१९ मा टोटनहमको रंगशालाको काम सकिएको थियो। अहिले टोटनहमको रंगशालको दर्शक क्षमता ६३ हजार रहेको छ।
गएको महिनामा ओल्ड ट्राफोर्ड पूरै भत्काएर नयाँ रंगशाला बनाउने विकल्पमाथि पनि छलफल गरिएको थियो।
पछिल्लो ३ दशकमा ओल्ड ट्राफोर्डको ३ दिशामा दर्शक क्षमता बढाइएको छ। तर, साउथ स्ट्यान्ड भने रेलवे लाइन पर्छ। त्यसैले त्यो दिशामा काम गर्न सकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।