काठमाडौं– नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। महानगरको प्रमुख पदका लागि कार्यसमितिले बहालवाला मेयर चिरिबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेमा महर्जनसँगै बहालवाला उप्रप्रमुख गीता सत्यालसमेत रहेकी छन्। यस्तै, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम पनि महानगर कार्यसमितिले मेयरका लागि सिफारिस चिरिबाबु महर्जनले बताए।
आफूले यसअघि थालनी गरेका काम पूरा गर्न पनि पुनः मेयर हुनुपर्ने भन्दै आफूले दाबी गरेको महर्जनले बताए। प्रस्तावित नाम क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रमा जाने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।