काठमाडौं- नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को बैठक बोलाएको छ। आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाएको हो।
बैठक आगामी आज (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको हो।
यसैबीच कांग्रसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रमा समेट्ने सुझाव दिन आग्रह गरेको छ। नेता तथा कार्यकर्ता र सर्वसाधारणले दिएको सुझाव समेट्ने उद्देश्यले फोनमार्फत टिपाउन सकिने व्यवस्था मिलाइएको हो।
कांग्रेसले महामन्त्री गगन थापा नेतृत्वमा स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।