काठमाडौं- विस्फोटका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
युक्रेनी हमलामा परेर क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको हो। मस्क्भा नामक उक्त लडाकू पानीजहाजमाथि बुधबार आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो ।
उक्त लडाकू पानीजहाज रुसी सेनाको शक्तिको एक जल्दोबल्दो प्रतीक भएको बीबीसीले जनाएको छ। ५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो।
किएभले उसका नेप्च्युन क्षेप्यास्त्र प्रहारले मस्क्भा क्षतिग्रस्त भएको बताएको थियो। रुसले भने कुनै हमला भएको बताएको छैन। बरु आगलागी र विस्फोटनले मस्क्भामा क्षति पुगेको उसले बताएको थियो। पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको उसले बताएको थियो।
बिहीवार खराब मौसमका माझ मस्क्भालाई किनारातर्फ तानेर लगिँदै गर्दा डुबेको रुसको रक्षामन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।