काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चुनावी खर्चबारे कोही पनि पानीमाथिको ओभानो बन्न नमिल्ने बताएका छन्।
भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति देशमा भ्रष्टाचारको मुहान भएको उल्लेख गरेका छन्।
'चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं' उनले दुई विकल्प अघि सारेका छन्।
तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले वेहोर्ने गरे समस्या समाधान हुने उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।