काठमाडौं- इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार राति सम्पन्न खेलमा पीएसभीलाई २-१ गोल अन्तरले हराउँदै लेस्टर अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा लेस्टरले पीएसभीसँग गोलरहित बराबरी खेलेको थियो।
अब लेस्टरले सेमिफाइनलमा इटालियन क्लब रोमासँग प्रतिस्पर्धा गर्नेछ। लेस्टरलाई जित दिलाउन जेम्स म्याडिसन र रिकार्डो पेरिएराले एक/एक गोल गरे।
खेलमा सुरुआती अग्रता भने पीएसभीले बनाएको थियो। २७औं मिनेटमा इरन जहाभीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
७७ औं मिनेटमा जेम्सले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए। तर, ८८ औं मिनेटमा रिकार्डोले गोल गर्दै लेस्टरलाई २-१ को जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।