काठमाडौं– कतार फिफा विश्वकप छनोट २०२२ अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुनमा हुने तय भएको छ।
युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एक तारिखमा हुने तय भएको हो। यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो। तर, रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो।
यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने छ। अस्ट्रियालाई २-१ ले हराउँदै वेल्सले विश्वकपमा छनोट हुने सम्भावना जिवितै राखेको थियो।
विजेता टोलीले कतारमा हुने विश्वकप स्थान बनाउने छ। विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।