काठमाडौं– रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई पराजित गरे। प्रिन्सले नवीनलाई २१- १७ र २१-१० ले हराए।
उपाधिसँगै प्रिन्सले १ लाख १५ हजार प्राप्त गरे। दोस्रो भएका नवीनले ५५ हजार प्राप्त गरे। तेस्रो भएका दिपेश धामी र प्रफुल महर्जनले समान १५ हजार प्राप्त गरे।
महिलातर्फको रशिलाले आर्मीकै अनुमाया राईलाई २१-१२ र २१-१८ ले पाखा लगाइन्।
रशिलाले १ लाख १५ हजार प्राप्त गर्दा अनुमायाले ५५ हजार प्राप्त गरिन्। तेस्रो भएका पार्थना देउवा र जेशिका गुरुङले १५ हजार प्राप्त गरे।
यता, पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले उपाधि जिते। प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई १८-२१,२१-९ र २१-१८ ले पाखा लगाए।
पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।