काठमाडौं– नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारका लागि आकांक्षीहरुको नाम सिफारिस भएको छ।
मेयरका लागि काठमाडौंका हालका मेयर विद्यासुन्दर शाक्यसहित ५ जनाको नाम सिफारिस भएको छ। मेयरका लागि शाक्यसहित केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस भएको हो।
यस्तै, उपमेयरका लागि रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस भएको हो।
एमालेको काठमाडौं महानगर कमिटीले काठमाडौं जिल्ला कमिटीमा आकांक्षीहरुको नाम सिफारिस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।