काठमाडौं– भारतको जम्मू-कश्मीरमा चार आतंकवादी मारिएका छन्।
शोपिया जिल्लामा सुरक्षाकर्मीसँगको मुठभेडमा उनीहरु मारिएको जम्मू–कश्मीर प्रहरीले दाबी गरेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुई सैनिकको पनि मृत्यु भएको छ। तर, अधिकारीहरूले मुठभेड स्थलतर्फ जाँदै गर्दा बाटोमा सेनाको गाडी दुर्घटनाग्रस्त हुँदा दुई सैनिकको मृत्यु भएको बताएका छन्।
मारिएका आतंकवादी लश्कर-ए-तैयबाका भएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।