काठमाडौं– दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन्। बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको डेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन्।
डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन्। जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्रप्त गरेका छन्।
त्यस्तै, त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनेका छन्। उनले नगद ४५ प्राप्त गरे।
महिलातर्फको उपाधि टनुले जितेकी छन्। उनले आकृतीलाई हराएकी थिइन्। उनले ४० नगद प्राप्त गरिन्।
ट्याग टिम म्याच सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले पराजित गरे। स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार प्रप्त गरे।
उनीहरुलाई शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र नेपाल रिङ रेस्लिङ महासंघकी महासचिव सुवर्ण श्रेष्ठले पुरस्कार प्रदान गरे।
त्यसअघि प्रतियोगिताको उद्धघाटन पूर्वमन्त्री प्रकाशरण महतले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।