काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित खेलाडी र खेलकर्मी विभूषित भएका छ।
गत वर्ष ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरेकी हुन्।
आयशासँगै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, कोरियाली तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, पारार बास्केबल खेलाडी हिमालय आर्याललाई जनसेवा श्री पन्चम विभूषण प्रदान गरिएको थियो। राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई प्रबल जनसेवा श्री प्रदान गरिएको छ।
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित भएका छन्।तेक्वान्दोकै लक्ष्मण बहादुर ऐर नेपाल प्रताप आभूषण प्राप्त गरे।
प्रबल जनसेवाश्री
किरण चेम्जोङ – फुटबल खेलाडी
ज्ञानेन्द्र मल्ल – क्रिकेट खेलाडी
जनसेवाश्री
आयशा शाक्य – तेक्वान्दो खेलाडी
क्वन योङ दाल – तेक्वान्दो प्रशिक्षक
चतुरबहादुर चन्द – अध्यक्ष – नेपाल क्रिकेट संघ
हिमाल अर्याल – पारा क्रिकेट र बास्केटबल खेलाडी
शव थापा – पारा टेबल टेनिस खेलाडी
शेरवहादुर खड्का स्मृति प्रतिष्ठान – राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदान
नेपाल प्रताप आभूषण
लक्ष्मण बहादुर ऐर – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक
सुकीर्ति पदक
अनु अधिकारी – कराते खेलाडी
दीपक थापा – ब्याडमिन्टन पुर्व खेलाडी तथा अम्पायर
नर्वु लामा – तेक्वान्दो प्रशिक्षक
उत्तम न्यौपाने – खेल सामग्री केल्मीका प्रबन्ध निर्देशक
जुनि राई – उसु खेलाडी
संगीता बस्याल – तेक्वान्दो खेलाडी
लक्ष्मण तामाङ – कराते
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।