काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सर्ने अभिव्यक्ति नदिन सरोकारवालाहरुलाई आग्रह गरेको छ।
आयोगले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको बताएको छ।
'स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्न अभिव्यक्तिहरु राजनीतिक दलका इमानदार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको छ', बिहीबारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।