काठमाडौं- आगामी स्थानीय तहको निर्वाचनको लागि ३९ जिल्लाको मतपत्र छापिएको छ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार ७० लाख ३३ हजार मतपत्र छापिइसकेको छ।
'आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ थान मतपत्र छपाइ सम्पन्न भएको छ', नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
पौडेलले हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।