काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ।
एन्फा अफिसियल नामको आधिकारिक फेसबुक पेज ह्याक भएको हो। उक्त फेसबुक पेज ह्याक भएपछि नयाँ फेसबुक पेज सुरु गरिएको एन्फाले जनाएको छ।
भेरिफाइडसमेत भएको उक्त पेजलाई पुन: आफ्नो पहुँचमा लिन निकै प्रयास गरे पनि असफल भएको एन्फाले जनाएको छ।
पहुँच सम्भव नभएपछि पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाइएको एन्फाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।