• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्र जोगाउन आयात निरुत्साहित गरी स्वदेशी उत्पादनमा जोड दिनुपर्छ : अर्थविद्

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १, २०७९  १२:२८
1140x725

काठमाडौं– घट्दो विदेशी मुद्रा सञ्चिति र बढ्दो शोधनान्तर घाटाको स्थितिले अर्थतन्त्रमा जोखिम बढेको भन्दै सरकार अर्थतन्त्र जोगाउने उपायको खोजीमा  लागेको छ। राष्ट्र बैंकले पनि अर्थतन्त्र सुधारका लागि विभिन्न कदम चालिरहेको छ। 

अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी सरकारले गरेको छ। त्यसैगरी, विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले आयात नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयलाई सुझाव पत्र नै लेखेर पठाएको छ।

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विभिन्न वस्तु आयातमा रोक लगाउन र आयात नियन्त्रण गर्न सुझाव दिएको छ। 

आयातलाई कडाइ गरिने विभिन्न प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लगिने अर्थमन्त्रालयका एक अधिकारी बताउँछन्। ‘राष्ट्र बैंकले अल्पकालीन र दीर्घकालीन गरी करिब डेढ दर्जन सुझाव सरकारलाई दिएको छ,’ उनले भने, ‘यो सुझाव विषयमा आगामी बैठकमा कुरा हुन्छ।’

अर्थतन्त्र सुधार्न के गर्नु आवश्यक छ? 
अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार तथा नेपाल राष्ट्र बैंकले आयात घटाएर उत्पादनमूलक कार्यमा जोड दिनुपर्ने अर्थविज्ञ बताउँछन्। अहिले अर्थतन्त्रमा देखिएको संकट गम्भीर नै नरहे पनि संकटोन्मुख रहेको अर्थशास्त्री विश्वम्भर प्याकुरेल बताउँछन्। ‘अहिलेको अवस्था हेर्ने हो भने हामी चाँडै श्रीलङ्काको बाटोमा पुग्न सक्छौं,’ प्याकुरेल भन्छन्, ‘अहिलेको अवस्थाबाट पार पाउन सचेत भएर लाग्नु आवश्यक छ।’ 

अर्थतन्त्र संकटको बाटोमा हुँदा लिड गर्ने व्यक्तिले ध्यान नदिँदा यस्तो अवस्था आएको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेको आर्थिक सुधारका लागि मूलभूत कुरा हामीसँग भएको स्रोत र साधन मजबुत बनाउनुपर्छ र यसलाई उत्पादनमुखी बनाउनु आवश्यक छ। अहिले देशको अवस्था सुधार गर्नका लागि उत्पादन वृद्धि र निर्यातमा लाग्नुपर्ने बेला आएको उनको बुझाइ छ।

देशमै उत्पादन बढाउन देशलाई आत्मनिर्भर बनाउनका लागि हरेक नेतृत्वकर्ताले आफूले जिम्मा लिएको क्षेत्रमा प्रभावकारी काम गनुपर्ने बेला आएको उनको बुझाइ छ। 

अहिले देखिएको तरलता अभावलगायत अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि सरकार तथा केन्द्रीय बैंकले थोरै भए पनि काम सुरु गरेको अर्थशास्त्री तथा पूर्र्वगभनीर दिपेन्द्रबहादुर क्षत्री बताउँछन्। उनी भन्छन्, ‘आयात रोक्न केही कदम सरकारले सुरु गरेको छ। सरकारले विलासिताको सामान आयात रोक्न शतप्रतिशत एलसी राख्नुपर्ने बनाएको छ। यसले आयात घटाएको छ। यो मात्र पर्याप्त हैन। सरकारले आफ्नो रकम लगाएर बनाएको परियोजनामा शोध भर्ना लिने कार्य लिन सकेको छैन। यो पनि हेर्नुपर्‍यो।’

Ncell 2
Ncell 2

अहिले विदेशी ऋण भित्र्याउनका लागि बाह्य लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था छैन। यस्तो ऋण तथा अनुदान भित्र्याउनका लागि लगानीकर्तालाई आश्वस्त पार्ने वातावरण  बनाउनुपर्ने उनी बताउँछन्। क्षत्री भन्छन्, ‘परियोजना ठीक समयमा सञ्चालन गरेर हामी मुनाफा कमाउँछौं भनेर बाह्य लगानीकर्तालाई आश्वस्त पारेर ऋण र अनुदान लिनुपर्छ। यो विदेशी मुद्रामा आउने हो। यसले विदेशी मुद्राको बचत घट्दै गएको समस्या समाधान हुन्छ।’ 

अहिलेको अवस्थामा जनता तथा सरकार दुवैले मितव्ययिता अपनाउनुपर्ने उनी बताउँछन्। नेपालमा पेट्रोलियम पदार्थको आयात धेरै भइरहेको छ। यसलाई कम गर्न विद्युतीय सवारी साधनलाई सुलभ गराउनुपर्ने उनको बुझाइ छ। यसका लागि सरकारले के–के गर्नसक्छ त्यो नीति बनाएर लगानी गर्नुपर्ने देखिन्छ। सार्वजनिक यातायातका साधन व्यवस्थित गर्न सके निजी सवारी साधन कम हुन्छन्। यसबाट इन्धन खपतसमेत कम हुन गई व्यापार घाटा पनि कम हुने उनको भनाइ छ। 

अहिले अर्थतन्त्रमा देखिएको संकट व्यवस्थापनका लागि सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी अर्थमन्त्रालयको हुने अर्थशास्त्री तथा पूर्वगभर्नर चिरन्जीवी नेपाल बताँछन्। नेपालमा श्रीलंकाको जस्तो अवस्था आउन नदिन सरकार गम्भीर भएर लाग्नुपर्ने उनी बताउँछन्। 

अर्थतन्त्रमा समस्या समाधानका लागि अहिलेको अवस्थामा उपाभोक्ताले माग कम गर्नुपर्ने पूर्वबैंकर तथा एनआरएन डेभलपमेन्ट फण्डका कार्यकारी अधिकृत अनलराज भट्टराई बताउँछन्। उनी भन्छन्, ‘अहिले यो अवस्था उपभोक्ताको मागको कारण आएको हो।’

विश्वव्यापी रुपमा बढेको महँगीको असर पनि नेपालमा देखिएको उनको भनाइ छ। ‘गत आर्थिक वर्षमा ४०/५० डलर पर्ने पेट्रोलियम पपर्दाको मूल्य अहिले १०० डलरभन्दा माथि पुगेको छ,’ उनी भन्छन्, ‘यसकारण पनि नेपालमा आर्थिक संकट बढेको हो।’ यस्ता वस्तुको प्रयोग कमगर्न सरकारले नीति बनाउनु पर्ने र उपभोक्ताले कम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। यसले पनि हामीसँग भएको पैसा बाहिरिनबाट जोगिने उनको बुझाइ छ। 


 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ
रास्वपा सभापति रवि लामिछाने रिहा
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०... शुक्रबार, पुस ४, २०८२
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्... बिहीबार, पुस ३, २०८२
सुन फेरि २ लाख ६० हजार नाघ्यो त्यसअघि सोमबार सुन २ लाख ६० हजार ७०० र आइतबार २ लाख ५८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
रास्वपा सभापति रवि लामिछाने रिहा शुक्रबार, पुस ४, २०८२
श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी शुक्रबार, पुस ४, २०८२
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्