काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओली कुनकुन दललाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर बिहानबेलुका यताउता चहारिरहेको बताएका छन्।
नयाँ वर्षको अवसरमा मित्रपार्कमा आयोजित चियापान समारोहमा बोल्दै उनले ओलीले राप्रपा नेपालदेखि नेपाल परिवार दललाई पनि एमालेको जोडेको बताए।
ओलीको गठबन्धन लक्षित अभिव्यक्तिलाई 'प्यारप्यार' भनेका थापाले भने- 'हेक्का पनि नराखेको पाउँछु भने, आज नेपाली कांग्रेस जसरी विभिन्न पार्टीसँग गठबन्धन वा तालमेलमा छ। एमाले जसलाई भेट्छ, त्योसँग आफूलाई जोडिरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।