फाइल तस्बिर
काठमाडौं- भारतस्थित असममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ।
असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच) का प्रमुख डा. प्रशान्त दिहिंगियाका अनुसार असमको चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो केही दिनमा १३ जनाको मृत्यु भएको हो। ३५ जना बिरामी रहेको जनाइएको छ।
उनका अनुसार पाँच दिनको अन्तरालमा असमको माथिल्लो भेग चराईदेव, डिब्रूगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी परेका ३५ जनालाई भर्ना गरिएको थियो जसमध्ये १३ जनाको मृत्यु भएको छ।
सोमबार चार, मंगलरबा ९ जनाको मृत्यु भएको उनले बताएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सबै पीडितहरुले आफ्नो घरमा जंगलबाट ल्याएको च्याउ खाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।