काठमाडौं– पश्चिम अफ्रिकी राष्ट्र आइभोरी कोस्टका प्रधानमन्त्री प्याट्रिक आचीले दिएको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति अलासान औताराले मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा स्वीकृत गरेको जानकारी दिएका हुन्।
बैठक बुधबार इभोरियनको व्यापारिक राजधानी अबिदजानमा बसेको थियो। नयाँ प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार भने अर्को हप्ता मात्रै गठन हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।
राष्ट्रपति अलासान औताराले नयाँ सरकार गठनको गृहकार्य सुरु भइसकेको र अर्को हप्तासम्ममा गठन हुने उल्लेख गरे।
‘वर्तमान प्रधानमन्त्री जिम्मेवारीमुक्त हुनुभएको छ, अर्को हप्ता नयाँ सुव्यवस्थित सरकार बन्ने छ,’उनले भने।
उनले नयाँ सरकार गठनका लागि आफू समक्ष प्रस्ताव पेस गर्न पनि सबैलाई आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।