काठमाडौं– मिस्टर युनिभर्समा भाग लिन नेपालका चर्चित फिटनेश ट्रेनर सुरेश देवा भारतको पुणे प्रस्थान गरेका छन्। आगामी अप्रिल १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा भाग लिन देवा पुणे गएका हुन्।
कार्यक्रममा संसारभरबाट १ स ९२ देशका प्रतियोगीहरुले भाग लिँदै छन्। एसियामा पहिलोपटक हुन लागेको मिस्टर युनिभर्सको कार्यक्रम भएकाले पनि यो कार्यक्रम अहिले चर्चाको विषय बनेको छ। कार्यक्रममा नेपालबाट देवासँगै मरिसमान लामा पनि सहभागी छन्।
लामाले कार्यक्रममा वडि विल्डिङ विधामा सहभागीता जनाउँदै छन्। यता, देवाले कार्यक्रममा पुरुषतर्फबाट फिजिक १ सय ७१ सिएम क्याटोगरीमा सहभागिता जनाउने छन्।
देवाले यसअघि वर्ल्ड च्याम्पियनशिप, आर्नल क्लासिक एशिया, ओलपिया अमाच्युअर, एशियन च्याम्पियनशिप, एशियनविज, नेशनल च्याम्पिनयनशिप २०७५ लगायतमा सहभागिता जनाइसकेका छन् भने उनी यसपटक लामो समयको तयारी पछि मिस्टर युनिभर्समा सहभागिता जनाउन लागेका हुन्। देवा आफूले कार्यक्रमका लागि तीन वर्षदेखि तयारी गरेको बताएका छन्।
मिस्टर युनिभर्समा भाग लिन भारत गएका देवा र लामालाई नेपाल ओलम्पिक कमिटीले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।