काठमाडौं– नेकपा माओवादी केन्द्रले यसअघि बनाएको निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको तस्बिर हटाएको छ।माओवादीले बनाएको विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङसहितको फोटो राखेर बनाएको प्रचार सामग्री परिवर्तन गरेको हो।
यसअघिको तस्बिर निर्वाचन आचारसंहिता विपरित रहेको भन्दै विरोध हुन थालेपछि अहिले सो सामग्रीबाट अर्थमन्त्री जनार्दन शर्मा र महानिर्देशक घिसिङको तस्बिर हटाइएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मासँगै घिसिङको तस्बिरसहितको पोष्टर सार्वजनिक भएको थियो। ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै घिसिङको तस्बिर राखिएको थियो। त्यस विषयमा महानिर्देशक घिसिङले पनि आफ्नो तस्बिर प्रयोग नगर्न आग्रह गरिएको प्रतिक्रिया दिएका थिए।
माओवादी केन्द्रको निर्वाचन चिह्नसहित ‘भोट फर सिपिएन माओइस्ट’ भनेर उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।