काठमाडौं– बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। घरेलु मैदानमा सम्पन्न लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको बायर्न प्रतियोगिताबाट बाहिरिएको हो।
समग्रमा २–१ को नतिजासहित भिल्लारियल सेमिफाइनल पुगेको हो। पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो।
सामु चुक्वेजेले खेलको अन्तिम समयमा बराबरी गोल गर्दै भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित बनाएका थिए।
खेलको ५१ औं मिनेटमा रोर्बट लेवान्डोवेस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।