काठमाडौं– अभिनेत्री झरना थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र 'ए मेरो हजुर ४' नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउँदै छ।
१ वैशाख २०७९ देखि प्रदर्शनमा आउन लागेको 'ए मेरो हजुर ४' दक्षिण भारतीय चलचित्र 'केजीएफ २'सँग जुझ्दै छ।
सँगै फिल्मको प्रदर्शन भएपनि ‘केजीएफ २’ लाई नेपाली फिल्म हलहरुमा ‘ए मेरो हजुर ४’को तुलनामा निकै धेरै शोहरु प्रदान गरिएको छ।
नेपाली दर्शकहरुले समेत प्रतिक्षा गरिरहेको 'केजीएफ २' को तुलनामा कम मात्रै दर्शक पाउने देखिएपछि निर्माण पक्षले फिल्मलाई राष्ट्रियतासँग जोडेको चर्चा पनि चलेको छ।
'नेपाली भएर नेपाली फिल्म हेर्नुपर्छ' भन्ने भाष्य स्थापित गरेर राष्ट्रियतासँग जोडेर 'कमजोर' चलचित्रमा दर्शक तान्न खोजिएको भनेर सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ।
यसबीच अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरीले आफू पहिले 'ए मेरो हजुर ४' हेर्ने बताएका छन्।
'नेपाली फिल्म निर्माताको हिसाबले म पहिला ए मेरो हझुर नै हेर्छु! एक दर्शकको हिसाबले केजीएफ पनि हेर्छु! तर कसैलाइ गालीगलौज गर्दिन,' गिरीले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।