काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सूर्य चिह्नमा चुनाव लड्न आग्रह गरेका छन्।
पाँच दलीय गठबन्धन विप्लवलाई देखाएर चुनाव सार्ने षडयन्त्रमा लागिरहेको ओलीको आरोप थियो। सोही क्रममा उनले विप्लवलाई लोकतन्त्र मास्ने षडयन्त्रको मतियार नबन्न भनेका हुन्।
'दर्ता खुलेका बेलामा दर्ता नगर्ने, प्रक्रियामा सामेल नहुने। या त विप्लवजीले चुनावमा भाग लिने हो भने स्वतन्त्र रुपले लाग्नुपर्छ। होइन भने, तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग। जित्ने तरिका त्यो हो नि। आउनुस्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।