काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई चौरीको पुच्छरसँग तुलना गरेका छन्।
मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ती दुवै पार्टीको आलोचना गरेका हुन्। उनले एकीकृत समाजवादीलाई भने सोही नामले सम्बोधन नगरी 'माकुने गुट' भनेका थिए।
'माओवादी केन्द्र र माकुने गुट भनेका कांग्रेसको जिउमा बसेका झिँगा र मच्छड धपाउने राम्रो झुम्का भएको चौरीको पुच्छर जस्तो झुम्का भएको पुच्छर मात्रै हुन्', उनले भने।
उनले माओवादी केन्द्र अब पार्टी नभएर केन्द्र मात्रै भएको बताए। उनले सो पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको भन्दै अब सो पार्टी रित्तो भइसकेको बताए। 'भाँडो रित्तो भइसक्यो। बिर्को मात्रै बाँकी छ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।