काठमाडौं- निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई तीन दिनभित्र जवाफ पठाउन भनेको छ। सो पार्टीले आयोजना गरेको सभामा आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आएपछि आयोगले जवाफ मागेको हो।
सो पार्टीले चैत २६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगको आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आएको आयोगको भनाइ छ।
'सो सम्बन्धमा के कसो भएको हो भन्ने तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ', सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
उनले कुन सन्दर्भमा स्पष्टीकरण सोधेको भन्ने चाहिँ खुलाएनन्। 'आयोगको निर्णय यति नै हो। त्योभन्दा बढी मैले भन्न सक्दिनँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।