काठमाडौं– सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् ।
उनी सञ्चित बिदाबाट काटिने गरी चैत २५ देखि वैशाख २५ सम्म बिदामा बसेका हुन्। उनको निवेदन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले स्वीकृत गरिसकेको सर्वोच्चले जनाएको छ।
कामु प्रधानन्यायाधीशले तीन दिनभित्र सिफारिस भएको उच्च अदालत पाटन हाजिर हुन लिखित निर्देशन दिएपछि उनी एक महिना बिदामा बस्न लागेका हुन्। न्यायाधीश पद स्वीकारेर पाटन उच्च अदालतमा हाजिर हुन कामु प्रधानन्याधीशले दिएको निर्देशन कुँवरले अस्वीकार गरेका थिए।
गत फागुन २६ गते न्यायपरिषद् बैठकले कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो।
चैत २ गते नियुक्ति बुझ्न कामु प्रधानन्यायाधीश कार्कीले लिखित रूपमा पत्राचार गरे पनि कुँवरले नियुक्ति बुझ्न मानेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।