काठमाडौं– कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबाबु कुँवरलाई तीन दिनभित्र न्याय परिषद्ले नियुक्त गरेको स्थानमा जान निर्देशन दिएका छन्।
न्याय परिषद्ले उच्च अदालत पाटनको न्यायाधीशको रुपमा नियुक्त गरेकाले मुख्य रजिष्ट्रार पद रिक्त गरिदिन भन्दै कामु प्रधानन्यायाधीशले लिखित रुपमा निर्देशन दिएको उच्च स्रोतले जनाएको छ।
कुँवरलाई परिषद्ले चैत २६ गते उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। महाभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको समयमा उनी मुख्य रजिष्ट्रार भएका थिए।
न्याय परिषद्ले गरेको सिफारिस अस्वीकार गर्दै उनी सर्वोच्चमै रहँदै आएका छन्। सुरु विदा बसेका उनी केही दिनदेखि सर्वोच्च हाजिर हुन थालेपछि कामु प्रधानन्यायाधीशले उच्च अदालत पाटन हाजिर हुन निर्देशन दिएका हुन्।
मुख्य रजिष्ट्रार कुँवर भने आफूलाई मुख्य न्यायाधीश बनाउनुपर्ने नत्र नजाने अडानमा रहेपछि सर्वोच्चमा टसल हुदै आएका छ। राणाको समयमा धेरै गलत कार्य भएकाले छानबिन गर्न समेत आफूलाई समस्या भएको भन्दै कामु प्रधानन्यायाधीश कार्कीले उनलाई हट्न भन्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।