रामचन्द्र पौडेल, फाइल तस्बिर
काठमाडौं– सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ। गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक सोमबार बिहान ९ बजे बस्ने जनाइएको छ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वको समितिको बैठक आइतबार बसेको थियो। आइतबारको बैठकमा स्थानीय तहको चुनावमा गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल भएको नेताहरुले जनाएका छन्।
यसबारे भोलि ९ बजे शीर्ष तहको बैठक बसेर निष्कर्षमा पुग्ने नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।