• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

वैशाख ३० को निर्वाचन सर्ने हल्ला फैलाउने तीन कारण

64x64
डिबी खड्का आइतबार, चैत २७, २०७८  १९:३४
1140x725

काठमाडौं– स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले चैत ३ मै 'क्लियर' गरिसकेका छन्- चुनाव वैशाख ३० मै हुन्छ, सर्ने हल्ला अघिल्लो दिनसम्म जारी रहन्छ।

सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको संशय दूर गर्न उनले यस्‍तो बताएका थिए। त्योबेला प्रचण्ड-नेपालले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए, 'चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ। किन हो प्रधानमन्त्रीज्यू?'

प्रधानमन्त्री देउवाले त्यसरी प्रष्ट पारिसकेर सरकार निर्वाचनमा होमिसक्दा पनि निर्वाचन सर्ने हल्लाको अन्त्य भएन। केही दिनदेखि फेरि त्यही आशंका आमजनमा छ। उनीहरु तोकिएको समयमै निर्वाचन हुनेमा विश्वस्त देखिँदैनन्।  

शंका आगोमा माधव नेपालले थपेको घ्यु
निर्वाचन सर्ने आशंकाको आगोमा शनिबार सत्तागठबन्धनकै एक घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले घ्यु थपे। उनले एक कार्यक्रममा भने, 'वैशाख ३० गते  नै निर्वाचन गर्ने भनेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। तर,समस्या छ। जेठको पाँच गते पहिलो चुनाव भएको थियो, असारमा दोस्रो चरणको भएको थियो र तेस्रो असोज ७ गते भयो। असोजमा चुनाव हुनेको पाँच वर्ष पूरा हुँदैन। त्यसको जवाफ कसले दिने? कानुनमा त्रुटी छ। असोजमा निर्वाचित हुनेको संवैधानिक अधिकार हनन भएको छ। असोजमा पाँच पुग्नेको भावनाविपरित निर्णय भएको छ। त्यसैले भोलि के होला? होला? अहिले चुनावको तयारी गरौं। जे हुन्छ, हुन्छ। अहिले तयारी गरौं।'

सत्ता गठबन्धनकै एक नेता नेपाल सार्वजनिक रुपमा यसरी प्रस्तुत हुँदा धेरैमा रहेको आशंकामा मलजल पुग्यो र आइतबार यो झन् व्यापक बन्यो। निर्वाचन सर्न सक्ने हल्लाको जड भने नेपाली कांग्रेसले उम्मेदवार छनोट रोक्न निर्देशन गर्नु हो। चैत मसान्तभित्र उम्मेदवार सिफारिस गरिसक्नुपर्ने पूर्वनीतिबाट 'ब्याक' हुँदै चैत २२ मा कांग्रेसले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न भनेको थियो। त्यसको कारण गठबन्धन दलहरुमा तालमेलको 'मोडालिटी' नटुंगिनु रहेको नेताहरुले बताइरहेका छन्। तर, त्यसमा पूर्ण विश्वास गर्न सकिरहेको देखिँदैन।

असोजमा निर्वाचितले दायर गरेका मुद्दा
वैशाख ३० गतेको चुनावविरुद्ध सर्वोच्च अदालतमा दुई मुद्दा विचाराधीन छन्। तेस्रो चरणमा अर्थात् २०७४ असोजको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने उक्त रिटमा माग गरिएको छ। 

महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले पनि दर्ता गराएको रिट सर्वोच्चमा विचाराधीन छ। त्यसमध्ये सोमबार (चैत २८) गते  चौरासियाको रिट पेसी रहेको छ। साहको मुद्दामा अन्तरिम आदेश जारी नहुने भनिएको छ भने चौरासियाको रिटमा कारण देखाऊ आदेश मात्र जारी भएको छ। चौरासियाको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो । 

साहको रिटमा  फागुन ११ गते पहिलो सुनुवाइ भएको थियो। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम जारी नहुने भन्दै लिखित जवाफ मागेर कारण देखाउ आदेश जारी गरेको हो। मेयर साहको मुद्दा वैशाख २ गतेका लागि साधारण तारेखमा रहेको छ। उक्त मितिपछि पेसी तोकिने भएकाले यो मुद्दाको सुनवाइ सम्भवत: वैशाख ३० को निर्वाचनपछि नै हुनेछ। तर, पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष चौरसियाले पनि दर्ता गराएको रिटमा सोमबार संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना भने बाँकी नै रहेको छ।

Ncell 2
Ncell 2

फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको  थियो। आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत भएको छ। दुवै रिटमाथि भोलि छलफल भएर अन्तिम फैसला निर्वाचन अघि हुन सक्ने सम्भावना पनि देखिन्छ। 

उक्त दिन अन्तरिम आदेश जारी भएन भने निर्वाचनमा कुनै असर पर्ने छैन। अर्को पेसी स्थानीय निर्वाचनपछि जाने भएकाले निर्वाचनका लागि बाटो खुल्ला हुनेछ। सर्वोच्चले दुवै मुद्दा एकै प्रकृतिको भएको र मागदावी पनि एकै देखिएकाले सँगै राखेर सुनुवाइ गराउनका लागि सोमबारको समय तोकिएको जनाएको छ।

सोमबार अन्तरिम जारी नभएमा भने निर्वाचन आयोगलाई आफ्नो काम गर्न कुनै बाधा नहुने सर्वोच्चले जनाएको छ। वैशाख ३० पछि भने औचित्य समाप्त भएर रिट खारेज हुनेछ। अहिले निर्वाचन हुँदैन वा निर्वाचनको मिति सर्छ भन्ने आशंका यी दुईटा रिटलाई लिएर भइरहेको छ।

आर्थिक संकटले चन्दा नउठ्ने चिन्ता
निर्वाचन सर्ने आशंकालाई हराभरा बनाउने अर्को कारण हो अर्थतन्त्रमा आइरहेको संकट। निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको पारदर्शी स्रोत चन्दा र ऋण हो। 

आर्थिक संकटलै सबैतिर छोएका कारण सम्भावित चन्दादाताहरुले पहिल्यै हात उठाइसकेका छन्। व्यापार-व्यवसायीहरुले यसपल्ट चन्दा सहयोग गर्न नसकिने सार्वजनिक रुपमा भन्दै आएका छन्। 

संयुक्त राष्ट्र संघ, विकास साझेदारहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाले विज्ञप्ति जारी गरेरै चन्दा दिन नसक्ने बताएका छन्। उनीहरुले भनेका छन्, 'हामीले कुनैपनि समूह राजनीतिक दल र आवद्ध संस्थाहरुलाई चन्दा दिँदैनौं। कुनै करकापबाट वा स्वेच्छिक रुपमा नगद वा जिन्सी प्रदान गर्दैनौं।'

यसले स्थानीय तहका उम्मेदवारहरुलाई सकसमा पारिसकेको छ। अर्को आफ्नै सम्पत्ति बैंकमा राखेर चुनाव खर्चको जोहो गर्न सक्ने अवस्थामा पनि उम्मेदवार छैनन्। तरलता अभावका कारण बैंकले ऋण दिन सकिरहेका छैनन्। 

यही गुनासो लिएर दलका सम्भावित उम्मेदवार शीर्ष नेताकहाँ पुगेका छन्। नेताहरुलाई आफूले खर्चको जोहो गर्ने सम्भावना कम रहेको भन्दै सजिलो बेला चुनावको अपेक्षा गरिरहेका छन्। विशेषगरी सत्तारुढ दलका नेताहरुमा एउटा अनुमानको जरो फैलिन थालेको छ। त्यो हो- चुनावका लागि उत्साहित दल नेकपा एमालेले पैसा प्रशस्त जम्मा गरेको छ।

संघीय र प्रदेश सरकार पनि लामो समय चलाइसकेको मात्र नभइ स्थानीय तहमा पनि धेरै ठाउँ यसअघि यही पार्टीले जितेका कारण एमालेसँग चुनाव लड्ने स्रोतको अभाव नभएको सत्तारुढ दलका नेताहरुको अनुमान छ। निर्वाचनमा पैसाको अर्थ शनिबार मात्रै नेपाली कांग्रेसका नेता शशांक कोइरालाले 'अफ दि रेकर्ड' भन्दै सार्वजनिक रुपमा बताइसकेका छन्।

निर्वाचन आयोग भने वैशाख ३० निर्वाचन गराउने सम्पूर्ण तयारीमा अघि बढेको बताउँछ। सोमबारदेखि आयुक्तहरु तालिमका लागि जिल्ला जाने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। 'आयोगले निर्वाचनको तयारी तीव्र पारेको छ। सर्ने सम्भावना हामी देख्दैनौं,' थपलियाले भने। 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक मंगलबार, पुस २९, २०८२
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ मंगलबार, पुस २९, २०८२
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित) मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्