• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

वैशाख ३० को निर्वाचन सर्ने हल्ला फैलाउने तीन कारण

64x64
डिबी खड्का आइतबार, चैत २७, २०७८  १९:३४
1140x725

काठमाडौं– स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले चैत ३ मै 'क्लियर' गरिसकेका छन्- चुनाव वैशाख ३० मै हुन्छ, सर्ने हल्ला अघिल्लो दिनसम्म जारी रहन्छ।

सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको संशय दूर गर्न उनले यस्‍तो बताएका थिए। त्योबेला प्रचण्ड-नेपालले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए, 'चुनाव हुँदैन भन्ने चर्चा चलिरहेको छ। किन हो प्रधानमन्त्रीज्यू?'

प्रधानमन्त्री देउवाले त्यसरी प्रष्ट पारिसकेर सरकार निर्वाचनमा होमिसक्दा पनि निर्वाचन सर्ने हल्लाको अन्त्य भएन। केही दिनदेखि फेरि त्यही आशंका आमजनमा छ। उनीहरु तोकिएको समयमै निर्वाचन हुनेमा विश्वस्त देखिँदैनन्।  

शंका आगोमा माधव नेपालले थपेको घ्यु
निर्वाचन सर्ने आशंकाको आगोमा शनिबार सत्तागठबन्धनकै एक घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले घ्यु थपे। उनले एक कार्यक्रममा भने, 'वैशाख ३० गते  नै निर्वाचन गर्ने भनेर निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। तर,समस्या छ। जेठको पाँच गते पहिलो चुनाव भएको थियो, असारमा दोस्रो चरणको भएको थियो र तेस्रो असोज ७ गते भयो। असोजमा चुनाव हुनेको पाँच वर्ष पूरा हुँदैन। त्यसको जवाफ कसले दिने? कानुनमा त्रुटी छ। असोजमा निर्वाचित हुनेको संवैधानिक अधिकार हनन भएको छ। असोजमा पाँच पुग्नेको भावनाविपरित निर्णय भएको छ। त्यसैले भोलि के होला? होला? अहिले चुनावको तयारी गरौं। जे हुन्छ, हुन्छ। अहिले तयारी गरौं।'

सत्ता गठबन्धनकै एक नेता नेपाल सार्वजनिक रुपमा यसरी प्रस्तुत हुँदा धेरैमा रहेको आशंकामा मलजल पुग्यो र आइतबार यो झन् व्यापक बन्यो। निर्वाचन सर्न सक्ने हल्लाको जड भने नेपाली कांग्रेसले उम्मेदवार छनोट रोक्न निर्देशन गर्नु हो। चैत मसान्तभित्र उम्मेदवार सिफारिस गरिसक्नुपर्ने पूर्वनीतिबाट 'ब्याक' हुँदै चैत २२ मा कांग्रेसले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसका काम रोक्न भनेको थियो। त्यसको कारण गठबन्धन दलहरुमा तालमेलको 'मोडालिटी' नटुंगिनु रहेको नेताहरुले बताइरहेका छन्। तर, त्यसमा पूर्ण विश्वास गर्न सकिरहेको देखिँदैन।

असोजमा निर्वाचितले दायर गरेका मुद्दा
वैशाख ३० गतेको चुनावविरुद्ध सर्वोच्च अदालतमा दुई मुद्दा विचाराधीन छन्। तेस्रो चरणमा अर्थात् २०७४ असोजको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने उक्त रिटमा माग गरिएको छ। 

महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले पनि दर्ता गराएको रिट सर्वोच्चमा विचाराधीन छ। त्यसमध्ये सोमबार (चैत २८) गते  चौरासियाको रिट पेसी रहेको छ। साहको मुद्दामा अन्तरिम आदेश जारी नहुने भनिएको छ भने चौरासियाको रिटमा कारण देखाऊ आदेश मात्र जारी भएको छ। चौरासियाको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो । 

साहको रिटमा  फागुन ११ गते पहिलो सुनुवाइ भएको थियो। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम जारी नहुने भन्दै लिखित जवाफ मागेर कारण देखाउ आदेश जारी गरेको हो। मेयर साहको मुद्दा वैशाख २ गतेका लागि साधारण तारेखमा रहेको छ। उक्त मितिपछि पेसी तोकिने भएकाले यो मुद्दाको सुनवाइ सम्भवत: वैशाख ३० को निर्वाचनपछि नै हुनेछ। तर, पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष चौरसियाले पनि दर्ता गराएको रिटमा सोमबार संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न सक्ने सम्भावना भने बाँकी नै रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको  थियो। आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत भएको छ। दुवै रिटमाथि भोलि छलफल भएर अन्तिम फैसला निर्वाचन अघि हुन सक्ने सम्भावना पनि देखिन्छ। 

उक्त दिन अन्तरिम आदेश जारी भएन भने निर्वाचनमा कुनै असर पर्ने छैन। अर्को पेसी स्थानीय निर्वाचनपछि जाने भएकाले निर्वाचनका लागि बाटो खुल्ला हुनेछ। सर्वोच्चले दुवै मुद्दा एकै प्रकृतिको भएको र मागदावी पनि एकै देखिएकाले सँगै राखेर सुनुवाइ गराउनका लागि सोमबारको समय तोकिएको जनाएको छ।

सोमबार अन्तरिम जारी नभएमा भने निर्वाचन आयोगलाई आफ्नो काम गर्न कुनै बाधा नहुने सर्वोच्चले जनाएको छ। वैशाख ३० पछि भने औचित्य समाप्त भएर रिट खारेज हुनेछ। अहिले निर्वाचन हुँदैन वा निर्वाचनको मिति सर्छ भन्ने आशंका यी दुईटा रिटलाई लिएर भइरहेको छ।

आर्थिक संकटले चन्दा नउठ्ने चिन्ता
निर्वाचन सर्ने आशंकालाई हराभरा बनाउने अर्को कारण हो अर्थतन्त्रमा आइरहेको संकट। निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको पारदर्शी स्रोत चन्दा र ऋण हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आर्थिक संकटलै सबैतिर छोएका कारण सम्भावित चन्दादाताहरुले पहिल्यै हात उठाइसकेका छन्। व्यापार-व्यवसायीहरुले यसपल्ट चन्दा सहयोग गर्न नसकिने सार्वजनिक रुपमा भन्दै आएका छन्। 

संयुक्त राष्ट्र संघ, विकास साझेदारहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाले विज्ञप्ति जारी गरेरै चन्दा दिन नसक्ने बताएका छन्। उनीहरुले भनेका छन्, 'हामीले कुनैपनि समूह राजनीतिक दल र आवद्ध संस्थाहरुलाई चन्दा दिँदैनौं। कुनै करकापबाट वा स्वेच्छिक रुपमा नगद वा जिन्सी प्रदान गर्दैनौं।'

यसले स्थानीय तहका उम्मेदवारहरुलाई सकसमा पारिसकेको छ। अर्को आफ्नै सम्पत्ति बैंकमा राखेर चुनाव खर्चको जोहो गर्न सक्ने अवस्थामा पनि उम्मेदवार छैनन्। तरलता अभावका कारण बैंकले ऋण दिन सकिरहेका छैनन्। 

यही गुनासो लिएर दलका सम्भावित उम्मेदवार शीर्ष नेताकहाँ पुगेका छन्। नेताहरुलाई आफूले खर्चको जोहो गर्ने सम्भावना कम रहेको भन्दै सजिलो बेला चुनावको अपेक्षा गरिरहेका छन्। विशेषगरी सत्तारुढ दलका नेताहरुमा एउटा अनुमानको जरो फैलिन थालेको छ। त्यो हो- चुनावका लागि उत्साहित दल नेकपा एमालेले पैसा प्रशस्त जम्मा गरेको छ।

संघीय र प्रदेश सरकार पनि लामो समय चलाइसकेको मात्र नभइ स्थानीय तहमा पनि धेरै ठाउँ यसअघि यही पार्टीले जितेका कारण एमालेसँग चुनाव लड्ने स्रोतको अभाव नभएको सत्तारुढ दलका नेताहरुको अनुमान छ। निर्वाचनमा पैसाको अर्थ शनिबार मात्रै नेपाली कांग्रेसका नेता शशांक कोइरालाले 'अफ दि रेकर्ड' भन्दै सार्वजनिक रुपमा बताइसकेका छन्।

निर्वाचन आयोग भने वैशाख ३० निर्वाचन गराउने सम्पूर्ण तयारीमा अघि बढेको बताउँछ। सोमबारदेखि आयुक्तहरु तालिमका लागि जिल्ला जाने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। 'आयोगले निर्वाचनको तयारी तीव्र पारेको छ। सर्ने सम्भावना हामी देख्दैनौं,' थपलियाले भने। 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्