काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट आएको शंकास्पद पैसा छाडिदिन गरेको प्रयत्नको आलोचना गरेका छन्। आइतबार एमालेले आयोजना गरेको पूर्वअर्थमन्त्रीहरुको कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता मान्नुपर्ने बताए।
'म श्रीलंकामा अर्थमन्त्री भागे रे भन्ने सुन्दैछु। कतै यो दिन त नआओस् नेपालमा। यदि हाम्रो एजेन्सीहरु दह्रा हुने हो भने यही केसमा अर्थमन्त्रीलाई लगेर भित्र हालिदिनुपर्ने हो। किन लेख्यौ पत्र भनेर। किन गर्दैछौ यो काम? यसो गर्न मिल्छ? अन्तर्राष्ट्रिय प्रतिबद्धता मान्नुपर्दैन?', उनले भने।
उनले अर्थमन्त्रीले लेखेर 'फलानोको पैसा दे' भन्नै नमिल्ने बताए। 'छानबिन गर्ने निकायले छानबिन गरिरहेको बेलामा अर्थमन्त्रीले 'तँ यो पैसा दे, यो नदे' भन्ने तरिका अपनाउने हो भने त्यतिबेला नियमन गर्ने निकायले सही काम गर्न सक्दैन। त्यो एक प्रकारले भन्ने हो भने अपराध नै हुन्छ', उनले भने।
अर्थतन्त्र बिग्रिँदै गएकोमा सरकारलाई कुनै चिन्ता नभएको उनले आरोप लगाए। गभर्नरलाई निलम्बित गर्ने कामलाई पनि उनले सन्देहास्पद भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।