काठमाडौं– नेकपा एमालेले नेपालको आर्थिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।
सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले पत्रकार सम्मेनलमार्फत वर्तमान आर्थिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।
पत्रकार सम्मेनलमा तीन जना पूर्वअर्थमन्त्री उपस्थित रहने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार पार्टीको धारण सार्वजनिक गर्न एमालेले आज मध्याह्न साढे १२ बजे होटल हिमालयमा पत्रकार सम्मेलन गर्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।