काठमाडौं– आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ गोलअन्तरले पराजित भएको हो।
खेलको २८ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। ६६ औं मिनेटमा इनोक मेयुपेउले गोल गर्दै ब्राइटनको अग्रता २-० को बनाए।
८९ औं मिनेटमा मार्टिन ओडेगार्डले एक गोल फर्काएपनि आर्सनल २-१ ले पराजित भयो। जितसँगै ब्राइटनले ३१ खेलमा ३७ अंक जोडेको छ। ब्राइटन ११ औं स्थानमा रहेको छ।
आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।