काठमाडौं– बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा बायर्नले अग्सवर्गमाथि १–० गोलको जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा एक गोल गरेको थियो। बायर्नका लागि ८२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत् गरेको गोल नै खेलमा निर्णय बन्यो।
जितसँगै बायर्नले लिगमा ९ अंकको अग्रता बनाएको छ। २९ खेल खेलेको बार्यनले ६९ अंक जोडेको छ। दोस्रो स्थानमा बोरुसिया डर्टमण्डको ६० अंक छ।
पराजित अग्सवर्गको २९ खेलबाट ३२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।