काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनको मैदानमा ६-० गोल अन्तरको जित निकालेको हो।
चेल्सीलाई जित दिलाउन मासन माउन्ट र टिमो वेर्नेरले दुई/दुई गोल गरे। मार्कुस अलन्सो र काइ हार्भटेजले एक/एक गोल गरे। खेलको आठौं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। १६औं मिनेटमा मासनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
२१औं मिनेटमा वेर्नेरले गोल गर्दै टोलीको अग्रता ३–० बनाए। ३१औं मिनेटमा हार्भटेजले गोल गर्दा चेल्सी ४-० ले अघि रह्यो। ४९औं मिनेटमा वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को अग्रता दिलाए।
त्यसपछि ५४औं मिनेटमा मासनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ६-० को जित दिलाए। जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको ३० खेलबाट ६२ अंक पुगेको छ।
साउथह्याम्पटन ३६ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।