काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा मध्यपुर युथ एसोसियन र ब्वाइज युनियनले जित निकालेको छ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लबलाई ३९१ गोलअन्तरले हराएको हो।
मध्यपुरलाई जित दिलाउन सन्जिब थापा मगर, आशिक गुरुङ र यमन राजबाहकले एकरएक गोल गरे।
जितसँगै मध्यपुरले १३ खेलमा १७ अंक जोड्यो। नयाँबस्तीले १३ खेलमा १५ अंक जोड्यो।
यता, दशरथ रंगशालामा भएको खेल ब्वाइज युनियनले जित निकालेको छ। ब्वाइजले श्री कुमारी क्लबलाई ३९१ गोल अन्तरले हराएको हो।
ब्वाइजलाई जित दिलाउन विवेक राई, मिलन लिम्बु र रञ्जित गुरुङले एक एक गोल गरे।
श्रीकुमारीका राज भुसालले एक गोल फर्काए। जितसँगै ब्वाइजले १३ खेलमा १६ अंक जोड्यो। श्री कुमारीले १३ खेलमा १६ अंक नै जोड्यो।
अन्तिम खेलमा टुसाल युथ क्लब र सामाजिक युवा क्लब पराजित भए ब्वाइज युनियन ‘बी’ डिभिजनमै यथावत् रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।