काठमाडौं– इंग्लिस प्रिमियर लिगमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। गुडसन पार्कमा शनिबार सम्पन्न खेलमा एभर्टनले युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो।
एभर्टनका लागि एक मात्र गोल पहिलो हाफको २७औं मिनेटमा एन्थोनी गोर्डनले गरेका थिए। उनले गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
जितसँग एभर्टनको १७ खेलबाट २८ अंक भएको छ। यो जितबाट प्राप्त तीन अंकले एभर्टनलाई रेलिगेसनबाट मद्दत गर्नेछ। यता, युनाइटेडको शीर्ष चारमा उक्लिने सम्भावनामा धक्का पुगेको छ।
युनाइटेड ५१ अंकका साथ सातौं स्थानमा छ। युनाइटेडको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।