• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्रको 'व्याकअप'मा न्याय परिषद्‌को निर्णयलाई चुनौती दिँदै मुख्य रजिष्ट्रार कुँवर!

64x64
बीपी अनमोल शनिबार, चैत २६, २०७८  १०:०८
1140x725

काठमाडौं– न्याय परिषद्को फागुन २६ गतेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश गरेको थियो। तर, महिना दिन पुग्न लाग्दा पनि निर्णय कार्यान्वयन नगरेपछि न्याय परिषद् अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले कुँवरलाई शुक्रबार पाटन उच्च अदालतमा हाजिर हुन निर्देशन दिएका छन्।

यसअघि कुँवरले आफू न्यायाधीश भएर नजाने बताएका थिए। उनले प्रधानन्यायाधीश कार्कीलाई निवेदन नै दिएर न्यायाधीश भएर जान अस्वीकार गरेको जानकारी दिएका थिए। तर, प्रधानन्यायाधीश कार्की निकट रहेका सर्वोच्चका एक न्यायाधीशका अनुसार अब तीन दिनभित्र उच्च अदालत हाजिर हुन नगए कुँवरमाथि परिषद्ले कारबाही थाल्ने तयारी गरेको छ। कुँवरले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको उक्साहटमा आफूलाई अटेर गरेको कामु प्रधानन्यायाधीश कार्कीको बुझाइ रहको ती न्यायाधीशले बताए। 

‘कामु प्रधानन्यायाधीशले न्याय परिषद्को निर्णय कार्यान्वयन गर्नैपर्छ, उहाँ बाध्य हुनुहुन्छ,’ ती न्यायाधीशले भने, ‘परिषद्को अध्यक्षको रुपमा उहाँले गरेको निर्णय सर्वोच्चकै मुख्य रजिष्ट्रारले टेर्दैन भने देशभरका न्यायाधीश र कर्मचारीले कसरी र किन टेर्ने भन्ने प्रश्न उठ्छ। त्यसैले उहाँ कारबाही थाल्ने मुडमा हुनुहुन्छ।’ 

कुँवर भने विगतमा मुख्य रजिष्ट्रारहरू उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस हुने गरेकोमा आफूलाई अपमान गर्नकै लागि न्यायाधीशमा सिफारिस गरिएको भन्दै असन्तुष्ट बनेका हुन्। तर, कार्कीले आफू मुख्य रजिष्ट्रार पद न्यायाधीशको लिस्नो बनाउने पक्षमा नभएको बताउने गरेका छन्। ‘विगतमा को–को मुख्य रजिष्ट्रार उच्चको मुख्य न्यायाधीश हुनुभयो, त्यसमा मेरो असहमति थियो। आज पनि छ,’ कार्कीको भनाइ उधृत गर्दै सर्वोच्चका ती न्यायाधीशले भने, ‘चोलेन्द्रशमशेर राणाले नृपध्वज निरौलालाई सिफारिस गर्दा पनि मैले नोट अफ डिसेन्ट लेखेको हुँ।’ 

आफू पाँच महिना सर्वोच्चमा कामु रहँदा अदालतलाई सही विधि र थितिमा हिँडाउन मात्र खोजेको र त्यसमा मुख्य रजिष्ट्रार कुँवर बाधक देखिएको कार्कीले आफू निकट न्यायाधीशहरुसँग गुनासो गर्ने गरेका छन्। निलम्बनमा रहेका प्रधानन्यायाधीश राणाले बसालेको विकृति र बेथितिलाई छानबिन गर्न र त्यसमा संलग्नहरुलाई कारबाही गर्न पनि मुख्य रजिष्ट्रार कुँवर सर्वोच्चबाट हटाउनु परेको कार्कीले बताउने गरेका छन्।

किन कुँवरले कामु प्रधानन्यायाधीशको निर्णय अस्वीकार गरे? 
खटाएको ठाउँमा जान लिखित निर्देशन दिएपछि कार्की र कुँवरबीचको टसल झन् बढ्ने देखिन्छ। कुँवरले प्रधानन्यायाधीशलाई दिएको निवेदनमा मुख्य न्यायाधीश पाए जान तयार रहेको बताएका छन्। 

‘मुख्य न्यायाधीश पाए जाने नत्र नजाने मुख्य रजिष्ट्रारको अडान नै गलत छ,’ सर्वोच्चका अर्का एक न्यायाधीशले भने, ‘मागेकै पदमा नियुक्ति गर्ने र सर्वोच्च अदालत आएर प्रधानन्यायाधीश हुने सोच राखेर कसैको पनि नियुक्ति हुन सक्दैन। यसले न्याय प्राणाली ध्वस्त हुन्छ।’

यो मामिला निलम्बित प्रधानन्यायाधीश राणासँग पनि जोडिन्छ। गएको कात्तिक ८ गतेदेखि प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्चका सबै न्यायाधीशले आन्दोलन शुरु गरेका थिए। तर, राणालाई सर्वोच्चका  मुख्य रजिष्ट्रार र केही कर्मचारीले साथ दिएका थिए। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि साथ दिएको थियो। जसकारण सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशहरूको टसल बढ्दै गयो। न्यायाधीशहरूले करिब ४० दिन आन्दोलन गरे। राणा ‘बदनाम’ भएर पनि सर्वोच्च धाइरहे। उनले आफू एक्लैको इजलासबाट सुनुवाइसमेत गरे।

Ncell 2
Ncell 2
nimb
nimb

आफू कोरोना संक्रमित भएर सशस्त्रको अस्पताल भर्ना हुँदासमेत त्यहीँबाट सर्वोच्च अदालत चलाए। अस्पतालमा भर्ना हुँदा राणाले अघिल्लो दिन नै भोलिपल्टको मुद्दाका पेशीसमेत तोके। यसबाट सर्वोच्चका न्यायाधीशहरु झन् चिढिए । राणाले विगतमा पनि आफूले भनेको मान्ने न्यायाधीशको इजलासमा पेशी तोकेर ठूला आर्थिक चलखेलका मुद्दामा सेटिङ गरेको आरोप लाग्ने गरेको छ।

यी सबै सेटिङमा सर्वोच्चका कतिपय कर्मचारीको साथ भएको अन्य न्यायाधीशले आरोप लगाउने गरेका छन्। त्यही कारण  राणाले कुँवरलाई भावी प्रधानन्यायाधीशका रूपमा अगाडि बढाउन मुख्य रजिष्ट्रार बनाउँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाउने बाटो खोलेको बताइन्छ। ‘आफू अप्ठ्यारो अवस्थामा सहज हुन तथा सर्वोच्च अदालत र जिल्ला अदालत भक्तपुरको भवनको ठेक्कामा भ्रष्टाचार गर्न कुँवरलाई पालो मिचेर मुख्य रजिष्ट्रार बनाइएको थियो,’ सर्वोच्च स्रोतले भन्यो, ‘राणाले कुँवरलाई मुख्य न्यायाधीश हुँदै नृपध्वजपछि प्रधानन्यायाधीशमा ल्याउने नियतका साथ काम गरेका थिए।’ 

सर्वोच्च अदालतको प्रशासनिक संरचनाको प्रमुख नै मुख्य रजिष्ट्रार हुन्छ। निलम्बित प्रधानन्यायाधीशले नियुक्त गरेको मुख्य रजिष्ट्रार भएका कारण काम गर्न नसकिने ठानेर कार्कीले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका हुन्। तर, न्यायाधीशमा नियुक्ति लिन अस्वीकार गरेर कुँवरले कार्कीलाई चुनौती दिएपछि सर्वोच्च नयाँ विवादमा फसेको हो। 

खटाएको ठाउँमा जाने निर्देशन कुँवरले पालना गर्लान्? 
कार्कीले तीन दिनभित्र खटाएको स्थानमा हाजिर हुन लिखित निर्देशन दिएपछि कुँवर त्यहाँ हाजिर हुन्छन् वा हुँदैनन् टुंगो लागेको छैन। न्याय परिषद्को निर्णय पछि असन्तुष्ट बनेका कुँवर सुरूमा बिदामा बसेका थिए। तर, केही दिनअघि उनी सर्वोच्चमा हाजिर भएर काम गरिरहेका छन्। उनी आफूलाई मुख्य न्यायाधीश नबनाए सर्वोच्च नछाड्ने अडानमा छन्। यसअघिका मुख्य रजिष्ट्रारहरू नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए भने राजनप्रसाद भट्टराई न्यायाधीश भएका थिए।

Xtrem

Xtrem

‘उहाँ उच्च अदालतको मुख्य न्यायाधीशका रूपमा जहाँ सिफारिस भए पनि जान खोजिरहनुभएको छ। तर, न्यायाधीशमा सिफारिस गर्ने निर्णयमा असन्तुष्ट हुनुहुन्छ,’ कुँवर निकट एक कर्मचारी भन्छन्, ‘बरु मुख्य रजिष्ट्रारमा नै बस्ने, तर न्यायाधीशमा नजाने भन्ने नै हो उहाँको अडान।’ ती कर्मचारीका अनुसार कुँवरले आफूमाथि प्रतिशोध साँध्ने काम गरिएको बताउने गरेका छन्। 

भवनको अनियमितता छानविन गर्न मुख्य रजिष्ट्रार बाधक!
कामु प्रधानन्यायाधीश कार्कीले केही दिनअघि आफू निकट न्यायाधीशहरुसँग सर्वोच्चको अवस्थाबारे छलफल गरेका थिए। उक्त छलफलामा सर्वोच्च र भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा भएको अनियमितता पनि छानबिन गर्नुपर्ने कार्कीले बताएका थिए। तर, उक्त छानबिनका लागि मुख्य रजिष्ट्रार कुँपर वाधक हुने उनको बुझाइ छ।

कुँवरले उक्त समयमा प्रशासनको नेतृत्व गरेर राणालाई अनियमिततामा साथ दिएको कार्कीले बताउने गरेका छन्। जसविरुद्ध छानबिन गर्ने हो उसैलाई सर्वोच्च अदालतको प्रशासनको नेतृत्वमा राख्न नसकिने उनको तर्क छ। ‘जसको बारेमा छानबिन गर्ने हो उसैलाई राखेर म कसरी काम गर्नसक्छु? म वहाँसँगै कामै गर्न सक्दिन,’ कार्कीको भनाई उधृत गर्दै एक न्यायाधीशले भने। 

कुँवरलाई मुख्य रजिष्ट्रार बनाउँदा पनि वरीयता मिचिएको कार्की पक्षको तर्क छ। त्यति बेला नारायण पन्थी, नारायण रेग्मी, भीम श्रेष्ठजस्ता केही व्यक्तिमाथि ‘अन्याय’ भएको उनको बुझाइ छ। त्यस्तै न्याय परिषद् सदस्य रहेका देबेन्द्र ढकाल, सरकारी वकिल समूहमा रहेका पदमप्रसाद पाण्डे र विश्वराज कोइरालामाथि पनि ‘अन्याय’ गरिएको कार्कीले बताउने गरेका छन्। अहिले कुँवरलाई मुख्य न्यायाधीश बनाउँदा पनि लामो समय न्यायाधीशको रुपमा काम गरेका न्यायाधीशमाथि अन्याय हुने कार्कीको तर्क छ। 
 
सर्वोच्चकै अन्य न्यायाधीश कुँवरको पक्षमा
सर्वोच्चकै अन्य न्यायाधीश भने कुँवरलाई उच्च अदालतको न्यायाधीश मात्र सिफारिश गर्ने कामु प्रधानन्यायाधीश कार्कीको निर्णयप्रति असन्तुष्ट छन्। उनीहरूले यो विषयमा कार्कीसँग पनि असहमति राखेको स्रोतले बताएको छ। कुँवरले उच्च अदालतको न्यायाधीश बन्न अस्वीकार गरे मुख्य रजिष्ट्रारमै थमौति गर्नुपर्ने ती न्यायाधीशहरूले कार्कीसँग बताएका छन्।

तर, कामु प्रधानन्यायाधीश कार्की भने कुँवरले परिषद्को निर्णय मान्नै पर्ने बताउने गरेका छन्। जसकारण कुँवरको विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशबीच नै मतभेद देखिएको छ। ‘कुँवरलाई मुख्य रजिष्ट्रारमा नै थमौति गर्नुपर्छ भनेर एकथरी न्यायाधीश साथीहरुको भनाइ छ,’ सर्वोच्चका एक न्यायाधीशले भने, ‘यही कारणले निर्णय कार्यान्वयनमा नआउँदा उहाँ (कामु प्रधानन्यायाधीश) लाई अप्ठ्यारो भएको छ।’

कामु प्रधानन्यायाधीश कार्की मुख्य रजिष्ट्रार आफ्नो अनुकूल नभए छोटो समय भए पनि काम गर्न नसकिने आफू निकटसँग बताउने गरेका छन्। ‘प्रधानन्यायाधीशको फेबरको मान्छे मुख्य रजिष्ट्रार भएन र सहयोग गरेन भने त कसरी काम गर्न सकिन्छ?’ कामु प्रधानन्यायाधीशले आफू निकटका सँग भन्ने गरेका छन्। 

लिखित रुपमा दिइएको निर्देशन पनि कुँवरले अटेरी गरे छानबिनका लागि निलम्बन गर्नेसम्मको ‘मुड’मा कार्की छन्। खासगरी सर्वोच्चमा विगतमा पनि राणासँग नजिक देखिएका र केही मुद्दामा नाम नै जोडिएका न्यायाधीशहरुले कुँवरको पक्षमा लबिङ गरेको एक न्यायाधीशले बताए। 

‘अहिले नाम नै नलिउँ, तर वहाँहरुले विगतमा पनि राणाका विषयमा नरम हुनुपर्ने कुरा गर्नु भएको थियो, अहिले कुँवरलाई मुख्य बनाइदिउँ न त भन्नु भएको छ। तर, यो सम्भव छैन भनेर कामु प्रधानन्यायाधीशले जवाफ दिनु भएको छ,’ ती न्यायाधीशले भने। अहिले देखिएको विवाद गुट कै रुपमा नरहेको, तर न्यायाधीशहरु दुई पक्षमा बाँडिएको सर्वोच्च स्रोतले दाबी गरेको छ। 

स्रोतका अनुसार कामु प्रधानन्यायाधीश कार्की यो विवाद लामो समयसम्म लम्ब्याउने पक्षमा छैनन्। स्रोतले भन्यो, ‘तीन दिनभित्र मुख्य रजिष्ट्रारले निर्देशन मान्नु भएन भने उहाँ निलम्बित हुने निश्चित छ।’ 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्