काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले आफ्नो अन्तिम खेलमा सरस्वती युथ क्लबलाई पराजित गरेको छ।
एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइजले सरस्वतीलाई २–१ गोलअन्तरले हराएको हो।
खेलको २४औं मिनेटमा विकास राईले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ४६औं मिनेटमा सनम धिमालले सरस्वतीलाई बराबरीमा ल्याए। ६६औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्चलाई २–१ को जित दिलाए।
जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद् अन्त्य गरेको छ। चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जित्दै ‘ए’ डिभिजन लिगमा उक्लिसकेको छ।
चर्च ब्वाइजले लिगको १३ खेलमा २९ अंक जोड्यो। सरस्वतीले समान खेलमा १७ अंक जोड्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।